वेल्स विजयी,जर्मनी बराबरीमा रोकियो
काठमाडौं ७ चैत ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बुधबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबाकोलाई पराजित गरेको छ । इन्जुरी समयको दोस्रो मिनेटमा बेन वुडबर्नले गरेको गोलको सहयोगमा वेल्सले जित निकालेको हो । यस्तै, जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा १–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा गोल फर्काउँदै हारबाट जोगिएको हो । १२ औँ मिनेटमा लुका जोविकले गोल गर्दै सर्बियालाई सुरुवाति अग्रता दिलाए । जर्मनीका लागि लियोन गोरेट्ज्काले ६९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । यो खेलमा जर्मनीका लिरोय साने गम्भीर चोटबाट जोगिए । सर्बियाका खेलाडीले गम्भीर फउल गरे पनि सानेलाई चिन्ताजनक चोट नलागेको प्रशिक्षक योआखिम लोले बताए । सानेलाई खेलको ९३ औँ मिनेटमा मिलन पाभकोभले फउल गरेका हुन् । उनले सीधै रातो कार्ड पाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्