कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
काठमाडौं २६ फागुन । कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् । कोलम्बियाको समथर राज्य मेतामा भएको विमान दुर्घटनामा १४ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमानमा रहेका सबैको ज्यान गएको हो । लासेर एइरेओ एयरलाइन्सको विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सिओका लागि उडेको थियो । ज्यान गुमाउनेमा भाएपेसको सानो शहरका मेयर समेत रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्