फर्कियो म्यानचेस्टर सिटी शीर्षस्थानमा
काठमाडौ । साबिक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किन सफल भएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बोर्नमाउथलाई १–० ले हराएउदै शिर्षस्थानमा आएको हो । पहिलो हाफमा गोल रहित रहेको खेलमा म्यानचेस्टर सिटीका लागि महत्वपूर्ण जित दिलाउने गोल दोस्रो हाफमा रियाद महरेजले गरे । महरेजले ५५ औँ मिनेटमा गरेको गोलले सिटीको जित निश्चित गरेको हो ।
महरेजले यो सिजन सिटीका लागि ११ गोल गरे । जितपछि २९ खेलबाट ७१ अंक बनाएको सिटी शीर्षस्थानमा पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ र उ कम्तिमा एक दिनका लागि दोस्रो स्थानमा झरेको छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा तेस्रो स्थानको टोटनह्याम आर्सनलसँग १–१ को बराबरीमा रोकियो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरे । त्यसअघि १६ औँ मिनेटमा आर्सनलका लागि आरोन राम्सीले गोल गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्