रोकियो कुबेत जान, श्रम स्वीकृति लिएका अलमलमा
काठमाडौं । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । तर, नेपालसहित ७ देशका नागरिकलाई भने प्रवेशमा रोक लगाएको हो । कुवेतले प्रवेश रोक लगाएका सात मध्ये दक्षिण एसियाका पाँच देश रहेका छन । दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँचसहित इरान र फिलिपिन्सका नागरिकलाई कुवेतले प्रवेश रोक लगाएको हो ।
कुवेत खाडीको सानो देश भएपनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढिरहेको छ । साउन महिनाको १५ दिनमा मात्रै ८६ जनाले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर, कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरु तत्काल कुवेत जान पाउने छैनन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #कुवेत नेपाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्