उत्पादन तथा रोजगारी प्रवद्र्धन र उद्यमशिलता विकासमा मौद्रिक नीतिको जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । विहीबार भएको छलफलमा तीन वटा बुँदामा सहमति हुन नसकेपछि बोर्ड बैठकले आज बिहान सहमति गरेको छ । पहिलो बिग मर्जरमा संचालक समितिबीच सहमति हुन नसकेपछि विहिबार बस्नुपर्ने बोर्ड बैंठक आज बिहान बसेको हो । बैठकले ३ बजे प्रस्तुत हुने मौद्रिक नीति पारित गरेको छ ।
तीन बजे गर्भनर महाप्रसाद अधिकारीले बालुवाटार राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति प्रस्तुत गर्ने तय भएको छ । कोरोना महामारीले अर्थतन्त्रमा आएको शिथिलतालाई पुर्नजागरित गर्ने गरी मौद्रिक नीति तयार गरिएको छ । आगामी मौद्रिक नीतिले आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने र उद्यमशिलता विकास हुने क्षेत्रमा बित्तिय स्रोत केन्द्रीत गर्ने गराउने तर्फ जोड दिइएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मौद्रिक नीति आज
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्