मेलम्चीको सपना धेरै, काम थोरै,पानी छिट्टै आउछ भन्न कहिल्यै नछोड्ने
काठमाडौं । सधैं दशैंमा मेलम्ची खानेपानी काठमाडौं आइपुग्ने आश्वासन धेरै बाँडिए । तर, सपना धेरै बाँड्नेहरुले काम भने निक्कै सुस्त गरे । आयोजना सुरु गरेको पनि तीन दशक पुग्न लाग्यो । गफ धेरै काम थोरै गर्नाले अहिले पनि काठमाडौंबासीले पानी आउला भन्ने विश्वास नै गर्देनन् । तर, पनि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडियो भन्दै मन्त्रालयमै पत्रकार सम्मेलन गरी हर्ष बढाई गरियो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ । तर, तत्काल उपभोक्ताको घरघरमा पानी वितरण गर्ने सम्भावना भने छैन । खानेपानी मन्त्री बीना मगरले ठूलो चुनौतीसँग जुधेर आयोजनाको अधिकांश काम सम्पन्न भएको दाबी गर्देगर्दा बिज्ञहरु समेत पानी आउन एकबर्ष भन्दा बढी लाग्ने सुनाइरहेका थिए । परीक्षणको काम सक्न १५ देखि २० दिन लाग्न सक्ने अनुमान गरिएको छ ।
अस्थायी बाँध बनाएर मेलम्ची खोलाको पानी सुरुङमा हालिएपनि हेडवक्र्सको काम भने सकिएको छैन । सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले तत्कालै मेलम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् ।
आठ वटा नयाँ ट्यांकीमा पानी पुर्यापउन ठूला पाइपहरू जोडिएका छन् । आयोजनाको ट्याङ्की र वितरण पाइपलाइनको सफाइ एवं परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ । वर्षौंदेखि विवादित रहेको मेलम्ची आयोजना सम्पन्न हुने क्रममा रहेको मन्त्रालयका अधिकारीले दाबी गर्दै आएका छन् । उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०५५/५६ बाट यो आयोजना निर्माण शुरु गरिएको थियो । आयोजनामा अहिलेसम्म ३० अर्बभन्दा बढी खर्च भइसकेको छ । तर, पनि काठमाडौंमा पानी कहिले आउँछ भन्न अझै कसैले भन्न सक्दैनन् ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #मेलम्ची खोला
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्