लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा किन हस्तक्षेप गर्दैछ भारत ?
काठमाडौं । नेपाल–भारतविचको सम्बन्ध धेरै पुरानो हो् । तर, भारत नेपालको छिमेकी राष्ट्र भएपनि उसले जव नेपाल कुनै न कुनै संकटमा हुन्छ त्यहीबेला आफ्नो हेपाह प्रवृति देखाउने गर्दछ । २०७२ सालमा नेपाल महाभुकम्पको मारमा रहेका बेला नाकाबन्दी गरेको भारतले अहिले विश्वसहित नेपाल पनि कोरोना भाइरसकको महामारीमा जुधीरहेको बेला भारतले २ साता अघि नेपालको सिमाना कालापानी–लिपुलेक हुदै मोटर बाटो निमार्ण गरेर उद्घाटन समेत गरे । उक्त घटना लगतै सुरु भएको विवाद अहिले थप गंम्भिर हुदै गएको छ ।
भारतले बक्तब्य जारी गरेर उक्त भुमि आफ्नो दावी गरेपनि तथ्य र प्रमाण नेपालसंग भएकोले अव नडराइ भारत संग कुटनीतिक माध्यमबाट समस्या सुल्झाउनुपर्नेमा परराष्ट्र विज्ञहरुले सुझाव दिएका छन । डाक्टर प्रकाशचन्द्र लोहनीले भारतीय मिडियाहरुले नेपालप्रति फैलाइएको भ्रमपूर्ण समाचार प्रति पनि नेपाल सरकारले निगरानी गर्नुपर्ने र भारतीय मिडियाका प्रतिनिधिहरुलाई नेपाल बोलाएर छलफल गर्न समेत सरकारलाई सुझाव दिएका छन । भारतले बुधबार जारी गरेको बक्तव्यमा नेपालले एकपक्षीय ढंगबाट जारी गरेको नक्सा आफुहरुलाई मान्य नहुने बताएको थियो ।
ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको समेत भारतको भनाई थियो । उसले नेपालले जारी गरेको नक्सालाई अनुचित कदम भएको आरोप लगाएको थियो । नेपालका विज्ञहरुले भने सरकारले जारी गरेको नक्सा सदियौं देखि नै नेपालको भुभाग भएकोले अहिले सरकारले गरेको कामको उच्च प्रशंसा गर्दै अव दुवै देशविच कुटनितिक वार्ताका माध्यमबाट समस्याको सामाधान गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले नक्सालाई प्रयोगमा ल्याउनका लागि संविधानको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने तयारी गरीसकेको छ ।
क्याटेगोरी : जनगुनासो, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाल–भारत
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्