प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन चौतर्फी दवाव
काठमाडौं १२ बैशाख । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् । भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा भएको छलफलमा नेताहरुले अध्यादेशले पाटीको बद्नाम गराएको भन्दै प्रधानमन्त्री ओलीले फिर्ता लिने निष्कर्ष निकालेका हुन । छलफलमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । पार्टीको नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु छुट्टै भैसेपाटीमा बैठक बसेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओेलीसँग गरेको कुराकानीको ब्रिफिङ पनि नेताहरुलाई गर्नुभएको थियो । बिहीबार बिहानै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए । नेताहरुको छलफलमा अध्यादेश बाहेक पर्टीका विषयमा पनि छलफल भएको थियो । पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बुधबार मात्रै अध्यादेशले पार्टीलाई बलियो नबनाउने भन्दै छलफलका लागि तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षद्धयलाई पत्र दिएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गौतमको निवासमा गोप्य भेला
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्