पाटी कमजोर पार्ने काम भयोः प्रचण्ड
काठमाडौं १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई थप बलियो र सुदृढ बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट सकारात्मक प्रयास गर्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७१ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको आरोप लगाएका छन् । पार्टी थप सुदृढ बनाउनका लागि सकारात्मक पहलको खाँचो रहेको उनको भनाई छ । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् । नेकपा स्थापनाको ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहलका लागि उनले नेता–कार्यकर्तासँग आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #प्रचण्ड
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्