थपियो मे ३ सम्म भारतमा लकडाउन
काठमाडौं २ बैशाख । भारतमा मे ३ तारिकसम्म लकडाउन थपिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप दुई हप्ता भन्दा बढी समय बढाउने घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम दिन मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले घोषणा गरेका हुन् ।मोदीले लकडाउन अवधिमा जनताले गरेको त्यागको सम्मान पनि गरेका छन्। उनले पाको उमेरका व्यक्तिको विशेष ख्याल गर्न, सामाजिक दूरी पूर्ण रुपमा पालना गर्न, प्रतिरोधात्मक क्षमता बढाउनका लागि स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न, संक्रमणबाट जोगिनका लागि यस सम्बन्धी जानकारी दिने मोबाइल एप्लिकेशन डाउनलोड गर्न तथा गरिब परिवारलाई खानपानको व्यवस्थामा सहयोग गर्न अपिल गरेका छन् । भारतमा अहिलेसम्म १० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ सय ३९ जनाको कोभिड–१९ बाट निधन भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #थपियो मे ३ सम्म भारतमा लकडाउन
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्