इरानले अमेरिकाको रौं समेत झार्न नसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको जिकिर

काठमाडौं २४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसायल आक्रमणले इरानको खस्किदो अवस्था प्रदर्शन भएको टिप्पणी गरेका छन् । ह्वाइट हाउसबाट टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानको मिसायल आक्रमणले अमेरिकाको सिन्को पनि नभाँचिएको टिप्पणी गरे । उनले आक्रमणबाट अमेरिकी र इराकी सैनिक तथा भौतिक सम्पत्तिलाई कुनै अशर नपुगेको दावी समेत गरे । भौतिकरुपमा सामान्य क्षति भएपनि त्यसले जनावरसमेत नमरेको उनले बताए । इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा गरेको आक्रमणको प्रतिक्रियास्वरुप ट्रम्पले यस्तो बताएका हुन् । इरानले आफना सैन्य जनरल सुलेमानको हत्यापछि आक्रोशित हुँदै अमेरिकी सैन्य शिविरमा मिसायल प्रहार गरेको थियो । इरानले भने ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दावी गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #राष्ट्रपति डोनाल्ड ट्रम्प
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्