इरानले अमेरिकाको रौं समेत झार्न नसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको जिकिर
काठमाडौं २४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसायल आक्रमणले इरानको खस्किदो अवस्था प्रदर्शन भएको टिप्पणी गरेका छन् । ह्वाइट हाउसबाट टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानको मिसायल आक्रमणले अमेरिकाको सिन्को पनि नभाँचिएको टिप्पणी गरे । उनले आक्रमणबाट अमेरिकी र इराकी सैनिक तथा भौतिक सम्पत्तिलाई कुनै अशर नपुगेको दावी समेत गरे । भौतिकरुपमा सामान्य क्षति भएपनि त्यसले जनावरसमेत नमरेको उनले बताए । इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा गरेको आक्रमणको प्रतिक्रियास्वरुप ट्रम्पले यस्तो बताएका हुन् । इरानले आफना सैन्य जनरल सुलेमानको हत्यापछि आक्रोशित हुँदै अमेरिकी सैन्य शिविरमा मिसायल प्रहार गरेको थियो । इरानले भने ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दावी गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #राष्ट्रपति डोनाल्ड ट्रम्प
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्