मौन अवधिमा पनि दलहरु उपनिर्वाचनको आन्तरिक प्रचार–प्रसारमा
काठमाडौं १२ मंसिर । मौन अवधिमा पनि दलहरुले चुनाव प्रचारलाई तिव्रता दिएका छन् । मौन अवधिको समयमा प्रचारप्रसार गर्न नपाइने भएपनि आन्तरिक रुपमा मतदातालाई भेट्दै भोट माग्ने क्रम भने जारी छ । उम्मेदवारहरुले यो अवधीमा कुनैपनि चुनावी गतिविधी गर्न नपाउने भएपनि अनौपचारिकरुपमा भैरहेको क्रियाकलाप रोक्न सकिएको छैन । उपनिर्वाचन हुने ३७ जिल्लामा गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ भक्तपुर, दाङ र बाग्लुङ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित ५२ स्थानका लागि आगामी शनिवार मतदान हुँदैछ । मौन अवधि सुरु भइसकेकाले सञ्चारमाध्ययम, समाजिक सञ्चार तथा कुनै पनि विद्युतिय माध्ययमको प्रयोग गरेर मत माग्न तथा प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गरिदिन सबैलाई आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दवाव वा प्रभावमा पारी मतदातालाई आतंकित पार्ने, जस्ता कार्य नगर्न नगराउन समेत आयोगले आग्रह गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आन्तरिक प्रचार–प्रसारमा
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्