सरकारको अलोकप्रियताका कारण जनता निरास
काठमाडौं १० भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकप्रियताका कारण जनतामा वितृष्णा बढ्दै गएको आरोप लगाएका छन् । नेपाली महिला आन्दोलनकी अग्रणी नेतृ तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा काठमाडौको शोभा भगवतीमा रहेको शालिकमा माल्यापर्ण गर्दे नेता सिंहले सरकारका काम जनबिरोधि भएकाले जनताप्रति वितृष्णा बढ्दै गएको बताएका हुन् । नेता सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार मौलाउँदै गएको बताए । भ्रष्टाचार नियन्त्रण भाषणमा मात्र सिमित भएको भन्दै उहाँले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप समेत लगाए । कार्यक्रममा नेता सिंहले मंगलादेवी सिंहले नेपाली महिला आन्दोलनमा र्पुयाएको योगदानको चर्चा गरे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #prakasman
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्