जयशंकरले गरे पशुपतिमा पूजा
काठमाडौं ५ भदौ । भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा समेत रोपेर पुजा गरेका हुन् । पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरे । उनले झण्डै आधा घण्टा पूजा गरेका थिए । पुशपति बिकास कोषले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने बारे छलफल भएको छ । उनी बिहीबार अपराहन्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pashupati
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्