भोजपुरमा गोली चल्यो, बिप्लवका कार्यकर्ता घाइते
भोजपुर ७ जेठ । भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा १ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले बिप्लवका कार्यकतामाथी गोली चलाएको छ । मंगलबार १०–१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीलाई जंगलमा समूहभन्दा पछाडि रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तोल फायरिङ गरेपछि प्रहरीले जवाफी गोली चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे रहेको प्रहरीले बताएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्