किन गर्न लाग्यो काँग्रेसले राष्ट्रिय जागरण अभियान
काठमाडौं ३ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान चलाउने भएको छ । काँग्रेसले मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दे बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो । सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ । तीन चरणमा सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा सञ्चालन हुनेछ । त्यस्तै, दोस्रो चरणमा भदौं २३ देखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन गरिनेछ । तेस्रो चरणमा पुसको दोस्रो साता सबै पालिकामा हुने पनि उपसभापति बिमलेन्द्र निधिले बताए । वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने कुरा पनि आम पार्टी पंक्ति र जनतालाई सूसुचित गराउन सो राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको पनि उपसभापति निधिले दाबी गरे । काँग्रेसले सो अभियानलाई प्रभावकारी बनाउन विघटित नेपाल विद्यार्थी संघलाई ब्यूँताउने तथा तरण दलको तदर्थ समितिलाई पूर्णता दिने पनि जनाएको छ । काँग्रेसले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मुलुकलाई अघि बढाउन नसकेको आरोप लगाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #congress
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्