बिद्युतीय गाडीको कारखाना नेपालमै बनाउने प्रधानमन्त्रीको योजना
काठमाडौं २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्युतीय गाडीको कारखाना नेपालमै स्थापना गर्ने योजना सुनाएका छन् । उनले बिद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न सबै उद्योगी व्यवसायीहरुलाई आह्वान गरे । बिहीबारबाट राजधानीमा सूरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दाबी गरे । प्रधानमन्त्री ओलीले मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्योगीलाई आग्रह गरे । उनले उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिवद्ध रहेको दोहो¥याएका छन् । उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानुनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएकी थिइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति
ट्याग : #pm news
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्