राष्ट्रसंघका महासचिव गुटरेसँग भेटे रक्षामन्त्री पोखरेलले
काठमाडौं १५ चैत । अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग शिष्टाचार भेटवार्ता गरेका छन्। संयुक्क्त राष्ट्रसंघको मुख्यालयमा मन्त्री पोखेरलले नेपाली शान्ति सेनाले राष्ट्रसंघको मुख्यालय र शान्ति मिसनमा नेतृत्वदायी तहमा भूमिका पाउनुपर्ने माग गरेका छन्। भेटका क्रममा रक्षामन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै यसलाई थप सवल बनाउन नेपालको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि खेल्दै आएको भूमिकाबारे चर्चा गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो रहेको धारणा व्यक्त गरेका थिए। यही प्रसंगमा पोखरेलले शान्ति सेनामा महिला सहभागिता र राष्ट्र संघको मुख्यालय र शान्ति मिसनमा नेपाली शान्ति सेनाले नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरे। भेटवार्तामा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्याउने बताएका दिए।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्