पूर्वमन्त्री साह ‘टक्ला’सहित सात जनालाई जन्मकैद
जनकपुर १४ चैत । धनुषा जिल्ला अदालतले जनकपुर बम काण्डमा पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैदको फैसला सुनाएको छ । उनीहरुलाई बम काण्डमा दोषी ठहर गर्दैै जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालतले साहसहित, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण र रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको छ। २०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट हुँदा पाँच जनाले ज्यान गुमाएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #hot
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्