गोवाको मुख्यमन्त्रीले लिए राति २ बजे शपथ
काठमाडौं ५ चैत । भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएपछि विधानसभाका सभामुख प्रमोद सावंतले मंगलबार राति दुई बजे मुख्यमन्त्रीको शपथ लिएका छन् । उनले राजभवनमा राति मुख्यमन्त्रीको शपथ लिएका हुन् ।सावंतसँगै ११ विधायकले मन्त्रीको शपथ लिएका छन् । पर्रिकर सरकारमा रहेका ९ सहित महाराष्ट्रवादी गोमांतक पार्टीका सुधिन धवलिकर र गोवा फर्वार्ड पार्टीका अध्यक्ष विजय सरदेसाईले मन्त्रीको पनि शपथ लिएका हुन् । धवलिकर र सरदेसाईलाई उप मुख्यमन्त्रीको जिम्मेवारी पाउने देखिएको छ । सोमबार दिउँसो पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार बेलुका नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए । सोमबार अबेर राति उनी पार्टी तथा समर्थक पार्टीका विधायकको पत्र लिएर राजभवन पुगेका हुन् । ४० सिटको गोवामा अहिले ३६ विधायक छन् । कांग्रेसका १४ र भाजपाका १२ विधायक छन् । अरु स्थानीय पार्टीका विधायक छन् ।
क्याटेगोरी : राजनीति, विदेश
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्