प्रेमिकाका लागि विमान अपहरणको योजना बनाउनेलाई आजीवन कारावास
भारत ३० जेठ । भारतको दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको एउटा विमानको शौचालयमा विमान अपहरणसम्बन्धी नक्कली योजनापत्र राखेको अभियोगमा एक व्यापारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। बिर्जु सल्ला नामक ती व्यक्तिले उक्त एयरवेजले आफ्नो दिल्ली सेवा बन्द गर्ने र सो विमानकी कर्मचारी रहेकी आफ्नी प्रेमिका आफूसँग बस्न मुम्बई जान सक्ने अपेक्षा गरेको बिबिसीले जनाएको छ । उनलाई पाँच करोड भारतीय रुपैयाँ जरिवाना पनि तिराइएको छ। विमान अपहरणविरोधी भारतको नयाँ कानुनअन्तर्गत पहिलो पटक सल्लालाई मुद्दा चलाइएको थियो। कानुनअनुसार न्यूनतम सजाय आजीवन कारावास हुन्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन्छ। सजाय पाएका व्यापारीले सन् २०१७ को अक्टोबरमा विमान चढ्नुअघि मुम्बईस्थित आफ्नो कार्यालयमा धम्कीपत्र लेखेको र छापेको स्वीकार गरेका छन्। विमानमा १२ अपहरणकारी र थुप्रै विस्फोटक पदार्थ भएको दाबाी सो पत्रमा गरिएको थियो भने विमानलाई पाकिस्तानप्रशासित कश्मीर लैजानुपर्ने माग गरिएको थियो। गन्तव्यदेखि ७७८ किलोमिटरवरै अहमदाबादमा विमानको आपत्कालीन अवतरण गरिएपछि सल्लालाई पक्राउ गरिएको थियो।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #biman
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्