मन्दिर दौडाहामा राहुल गान्धीका लागि मन्त्री
काठमाडौं २ चैत । भारतमा चुनावी अभियान सुरु भएको छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी देशको प्रधानमन्त्री बनुन् भन्ने मनोकामनासहित मध्य प्रदेशका मन्त्रीले मन्दिर–मन्दिर गएर प्रार्थना गर्ने गरेका छन् । मध्य प्रदेशका मन्त्री पीसी शर्मा पछिल्लो समय मन्दिरसहितका धार्मिकस्थलको भ्रमणमा रहेको र उनले राहुल गान्धी प्रधानमन्त्री बनुन् भन्ने कामना गरेको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले जनाएको छ । मन्त्री शर्माले भनेका छन्, ‘मैले अहिलेसम्म धेरै मन्दिरको भ्रमण गरेको छु, हरेक मन्दिरमा मध्य प्रदेशमा पार्टीलाई उत्कृष्ट जित हाँसिल होस भन्ने कामना गरेको छु । यस्तै हाम्रा अध्यक्ष राहुल गान्धी देशको प्रधानमन्त्री बनुन् भन्ने कामना पनि गरेको बताएका छन् । भारतमा आउँदो अप्रिल र मे मा लोकसभा चुनाव हुँदैछ । सात चरणमा हुने चुनावको प्रचारमा कांग्रेस तथा भारतीय जनता पार्टीसहितका दल जुटेका छन् ।
क्याटेगोरी : विचार/लेख, विदेश
ट्याग : #hot
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्