नातिको अन्त्येष्टिमा सहभागी हुन जेलबाट छुट

भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा आफ्नो नातिको अन्त्येष्टिका लागि जेलबाट विदा पाउने भएका छन्। शुक्रबार सात वर्षीय नातिको मेनिन्जाइटिसबाट मृत्यु भएको थियो। १२ वर्षको कैद सजाय भोगिरहेका लुलालाई आज हुने नातिको अन्तिम संस्कारका लागि साउ पाउलो जाने अनुमति दिन लागिएको अधिकारीहरूले जनाएका छन्।
अदालतले भ्रष्टाचारको अभियोगमा जेल फैसला गरे पनि पूर्व राष्ट्रपति लुलालाई राजनीतिक प्रतिशोधका कारण जेल हालिएको भन्दै विरोध हुँदै आएको छ। गत जनवरीमा भाइको अन्त्येष्टिमा भने लुला जान पाएका थिएनन्। परना राज्य सरकारले लुलाई नातिको अन्तिम संस्कारमा जाने अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्