किन रोकिएको छैन् रात्रीकालिन ब्यवसायमा मनोमानी
काठमाडौं २० साउन । काठमाडौका रेष्टुरेन्ट, डान्स बार तथा दोहोरी साझजस्ता रात्रिकालिन व्यवसायमा कानुनतः बन्देज गरिएका विभिन्न खालका अनैतिक क्रियाकलाप र श्रम शोषण हुने गरेको पाइएको छ । मनोरञ्जनका लागि खोलिएका त्यस्ता ठाउँमा संचालकहरुले विना पारिश्रमिक युवतीको श्रम शोषण गर्ने गरेको पाइएको हो । त्यसैगरी अनैतिक क्रियाकलापमा लाउने गरिएकोसमेत खुलासा भएको छ । शनिबार साझ जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयोजकत्वमा विभिन्न संस्थाहरुको संलग्नता र प्रहरीको रोहवरमा काठमाडौंको ठमेल, गौगवु र गौशाला क्षेत्रमा रहेका दोहोरी साँझ, गेष्ट हाउस तथा डान्स बारमा छापा मारिएको थियो । छापा मार्दा प्यानमा दर्ता नभएको, भ्याट बिल प्रयोग नगरेको, नक्कली बिलबिजक प्रयोग गरी ग्राहकबाट खरिद मूल्यको तेब्बरसम्म रकम असुल्ने गरेको, खाना पकाउने भान्सामा खाद्ध सामग्री नभेटिएको फोहोरले भरिएको पाइएको थियो । साथै १८ बर्ष मुनिका युवतीलाई विना पारिश्रमिक काममा लगाउने गरिएकोसमेत पाइएको छ । शनिबार बेलुकी नौ बजेतिर प्रहरीसहितको जम्बो टोली पुगेपछि गौशाला क्षेत्रका रेष्टुरेन्टका बाउन्सर र संचालकसहित ग्राहकको पनि भागाभाग भएको थियो । अनुगमनकै क्रममा विभिन्न कैफियत भेटिएपछि प्यानमा दर्ता भएर भ्याट बिल प्रयोग गरेर व्यावसाय गर्न, युवतीलाई ग्राहकसँगै बसेर नखान, मासिक पारिश्रमिक लिएरमात्रै काम गर्न सुझाव दिइएको थियो भने नाबालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने रेष्टुरेन्ट संचालकलाई कारवाही हुने र रेष्टुरेन्ट बन्द गरिनेसम्मका निर्देशन दिइएको थियो । सोहीक्रममा चावहिलको ब्लु लगन रेष्टुरेन्ट एण्ड बारबाट दुईजना नाबालिकालाई उद्धार गरिएर गौशाला प्रहरीको रोहबारमा माईती नेपालको जिम्मा लगाइएको थियो । सोहीक्रममा दुईओटा रेष्टुरेन्टमा १८ बर्ष मुनिका दर्जनभन्दा बढी युवती अर्धनग्न वेहोसी अवस्थामा थिए भने अधिकांश कम उमेरका युवती कार्यरत देखिन्थे । अनेक तरिकाले बेहोस बनाएर ग्राहकसँग अनैतिक क्रियाकलापमा लगाउने गरिएको पनि भेटिएको थियो । कानुनले बन्देज गरेका यस्ता अवाञ्छित क्रियाकलापहरु सरासर ठगि हो, शोषण हो, कालोबजारी हो, ठूलो बदमासी हो । यस्ता अवाञ्छित क्रियाकलाप गर्ने गराउने र नाबालकको श्रम र योन शोषण गरी रातारात धनी हुने सपना बुन्ने बदमासहरुलाई कारवाही गर्नैपर्छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार
ट्याग : #dance bar
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्