कर्णाली प्रदेश सरकारमा फेरि हलचल,ओली पक्ष बिपक्षमा माधव पक्षमा
काठमाडौं । कर्णाली प्रदेशमा केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ । बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ ।
बैठकमा एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरु सहभागि थिए । सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया, बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही, देव ओली र मीनासिंह रखाल बैठकमा सहभागी भएका थिए । सांसद पद्मा खड्का र पदमबहादुर रोकाय माधव नेपाल पक्षबाट ओली समूहमा फर्किएका हुन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि ओली समूहमै फर्किएको बुझिएको छ । यद्यपि, उनी बैठकमा सहभागी भने छैनन् ।
अझ रोचक त एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले कायमै रहेको बताएको छ । प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । जसमध्ये राजबहादुर शाही सभामुख छन् । एमाले संसदीय दलको नाममा गुटगत बैठक भएको कर्णाली सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेक एमाले सांसद प्रकाश ज्वालाले बताए । उनले भनेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ ।’ नेपाल समूहका सांसद ज्वालाले सरकारलाई एमालेको समर्थन कायमै रहेको समेत बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्