आफूलाई कसैले हटाए चुनावमा दुई तिहाइ ल्याउने प्रधानमन्त्री ओलीको दावी
काठमाडौं । आफूले राजीनामा नदिने र कसैले हटान नसक्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले हटाए पनि चुनावबाट दुई तिहाई ल्याउने बताएका छन् । अस्पताल उद्घाटनका लागि झापा पुगेका प्रधानमन्त्री ओलीले बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिने समेत जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । झापाको बिर्तामोडमा रहेको नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावबाट हटाए फेरि दुई तिहाइका साथ सिंहदरबारमा फर्किने दाबी गरेका उनले अहिले आफूलाई हटाउन त्यति सजिलो पनि नभएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र मुद्धा हाल्न नजाने भन्दै २३ गते संसद अधिबेशन बस्ने जानकारी दिए । उनले सरकार अरुका लागि कम्फर्टेबल नभइ जनताका लागि कम्फर्टेबल हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने दाबी गरे । प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर, राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने र बसाइने गरेको भन्दै डाक्टर गोविन्द केसीमाथि लक्षित आलोचना गरे । ओलीले सर्वोच्च अदालतको निर्णयपछि अबको राष्ट्रिय राजनीतिक कसरी अगाडि बढ्छ भन्नेबारे केन्द्रित हुनुपर्ने बताए । नेपाली जनताको लागि काम गर्ने सरकार चाहिएको बताए । ‘सबैसँग मित्रता रहेर सबैसँग सहकार्य गरेर समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नुपर्ने बताए । त्यस्तै पशुपतिलाई जलहरी दिँदा पनि आलोचना भएको भन्दै असन्तुष्टि व्यक्त गरे । पशुपतिमा चाँदीको पुरानो जलहरी फेर्न खोज्दा आफूमाथि गलत आलोचना भएको उनको जिकिर छ ।
त्यस्तै झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केपी ओलीसँग मिल्न आग्रह गरे । प्रसाईंले दुई नेता मिल्नुको विकल्प नरहेको दावी गरे । प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको लिगेसीमा काजी सापहरुले राज्य सत्ताको दुरुपयोग गरेको नेपाली जनताहरुले नरुचाएका बताउँदै प्रसाईंले चेतावनी स्वरुप प्रचण्डलाई विचार गर्न आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नुका साथै कक्षहरु पनि अवलोकन पनि गरे । करीब एक वर्षअघि नै सेवा सुरु गरेको अस्पतालको मंगलबार विधिवत् उद्घाटन भएको हो । बिर्तामोड निवासी दुर्गा प्रसाइँको ६ अर्ब रुपैयाँको निजी लगानीमा अस्पताल निर्माण भएको हो । अस्पतालमा तीन सय शैया छन् । एक वर्ष अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्