घटेकै हो त कोरोना संक्रमण,पछिल्लो २४ घण्टामा ५३४ जना संक्रमित भेटिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ सय ९६ महिला र ३ सय ३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९४ पुगेको छ। यस्तै बिहीबार थप ४ सय ४७ जना डिस्चार्ज भएका छन्।
योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३ सय ७८ रहेको छ।
बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै अहिले ३६२ जना क्वारेन्टिन र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्