एकैदिन थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म जम्मा संक्रमितको संख्या दुई लाख ५१ हजार ६ सय ९२ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९ सय ४७ रहेको छ। हालसम्म दुई लाख ४० हजार ३ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक हजार ७ सय ४९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्