नेकपा प्रवक्ता श्रेष्ठको ओलीनिकट नेताद्धारा राजीनामा माग
काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा नयाँ बिषयले प्रवेश भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्वर्गीय नेता कमानसिङ लामाबीच लेनदेनको बिषयमा भिडियो सार्वजनिक भएको बिषय स्थायी कमिटि बैठकमा प्रबेश पाएको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रवक्ता श्रेष्ठको बचाउ गरेपनि अर्का अध्यक्ष केपी शर्मा ओली मौन बस्दा उनीनिकट नेताहरुले राजीनामा माग्न थालेका छन् ।
नेकपाका नेता तथा पूर्वराजदुत कमानसिंह लामाको बिहिबार निधन भएपछि एउटा भिडियो सामाजिक सञ्जालमा बाहिरियो । जसमा नेता लामा र नेकपा प्रवक्ता श्रेष्ठकाबीच भएको भिडियो संवादमा शेयर लेनदेनको बिषयमा कुराकानी भएको छ । साडी २ करोडको लेनदेनमा प्रवक्ता श्रेष्ठले सबै मान्छे आफनो भन्दै कुरा मिलाउने प्रयास गरेको देखिन्छ । यहि बिषयले नेकपामा समेत प्रवेश पाएको छ । आइतबारको स्थायी कमिटि बैठकले नेता लामाको निधनमा शोक प्रस्ताव मात्रै पारित गरेन अध्यक्ष पुष्पकमल दाहालले प्रवक्ता श्रेष्ठको बचाउ समेत गरे । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछ्ने प्रयास भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।
अध्यक्ष दाहालले ‘लामोको निधनबाट शोकाकुल र दुःखित भएको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ । त्यस्तो प्रचारमा नलाग्न समेत नेता कार्यकर्तालाई आग्रह गरेको स्वयम् प्रवक्ता श्रेष्ठले जानकारी दिए । तर, बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रतिक्रिया माग्दा सञ्चारकर्मी माझ प्रवक्ता श्रेष्ठले कुनै कुरा नभएको जानकारी दिदै बाहिरिए । प्रवक्ता श्रेष्ठकै भनाईबाट प्रष्ट हुन्छ अध्यक्ष दाहालले बचाउ गरेपनि अर्का अध्यक्ष ओली भने मौन बसेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली मौन रहेपनि उनीनिकट नेताहरु भने प्रवक्ता श्रेष्ठको राजीनामा माग्न सुरु गरिसकेका छन् ।
कमानसिंह प्रकरणमा नेकपाभित्रको गुटगत विवादको बाछिटा देखिएको छ भने यही बाछिटाका कारण ओली समूहबाट श्रेष्ठमाथि हमला सुरु भइसकेको छ । लामालाई श्रद्धाञ्जली दिदा उपप्रधानमन्त्री इश्वर पोखरेलेले लेखेको टिप्पणी होस् या आइतबार नै बिराटनगर पुगेका नेता गोकुल बास्कोटाले आदर्श नेताले आफूबाट सिक्नुपर्ने भन्दै प्रबक्ता श्रेष्ठलाई गरेको कटाक्ष । यहि प्रकरणमा पनि ओली दाहालको कित्ताकाट भएको छ । हाइड्रोपावर लगानीमा लामा र प्रवक्ता श्रेष्ठकै सचिवालयकी सुसन कर्माचार्यबीचको लेनदेन मिलाउन खोज्दा प्रवक्ता श्रेष्ठ बिबादित बनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कमानसिंह लामा, #नारायणकाजी श्रेष्ठ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्