कार्यकारी अधिकार प्रयोग गरेर बैठक बोलाउछु : प्रचण्ड
काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश बोकेर बालुवाटार फिर्ता भएका छन् । सचिवालय बहुमत सदस्यले दिएको पत्रमा तोक लगाउँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले महासचिव पौडेललाई दूतको रूपमा बिहान खुमलटार पठाएका थिए। अध्यक्ष प्रचण्डले सोही क्रममा आफूले पार्टी एकता कायम गर्नका लागि धेरै अपमान सहेको महासचिवसँग गुनासो पोखेका थिए ।
कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए। उनीहरुले दुई दिनभित्र सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएका थिए। सो अल्टिमेटमको समय पनि सकिएको छ ।
प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि मात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको बताएका थिए। पार्टीमा अल्पमत रहेका ओलीले पछिल्लो समय लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन्। नेपाललाई फकाउन दोस्रो तहका नेताहरुसमेत परिचान गरेका ओलीले आफ्ना दूत मार्फत प्रदीप नेपाललाई नेपाल फकाइदिन अनुरोधसमेत पठाएका थिए। आइतबार दिउसो पनि ओलीले वरिष्ठ नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेसहित बालुवाटार बोलाएका थिए। उक्त भेटमा ओलीले पार्टी संकटमा रहेकोले जोगाउन नेता नेपालसँग आग्रह गरेका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्