नेपालमा १ लाख ९४ हजारबढीमा कोरोना संक्रमण, १ हजार १ सय ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १ हजार १ सय ६६ पुरुष र १ हजार ६ सय ५१ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ७ सय ९४ जना संक्रमित थपिएका छन् भने प्रदेश एकमा ३ सय ३० जना, लुम्बिनी प्रदेशमा २ सय ९८ जना, गण्डकी प्रदेशमा २ सय ४२ जना, सुदुरपश्चिम प्रदेशमा ५९ जना, प्रदेश दुईमा ७४ जना र कर्णाली प्रदेशमा २० जना संक्रमित थपिएका छन् ।
आइतबार थपिएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा १ सय ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १ सय ८ पुगेको छ । आइतबार २ हजार ८ सय १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ रहेको छ ।
कोरोना संक्रमण मुतmहुने दर ८१ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये अहिले ३५ हजार ४ सय १९ जनामा सक्रिय संक्रमण रहेको सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाण्डौ जिल्लामा १५ हजार ५ सय २२ जना रहेका छन् । हाल ३५ हजार ४ सय १९ जना आइशोलेशनमा छन् । तिमध्ये घरमै बस्नेको संख्या २९ हजार १ सय ९७ जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् देशभरका अस्पतालका आइसियुमा ३ सय ९८ जना र भेन्टिलेटरमा ८२ जनामा उपचारत रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ । देशभरका क्वारेन्टिनमा १ हजार १ सय ४९ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्