खुल्यो सहसचिव र उपसचिवको विज्ञापन, मंसिरदेखि परीक्षा लिने तयारी
काठमाडौं । लामो समयपछि लोक सेवा आयोगले सहसचिव तथा उपसचिव पदका लागि बिज्ञापन खुलाएको छ । संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि बिज्ञापन खुलाएको हो । राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक) अप्राविधिक, स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको जनाएको छ ।
एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदका लागि दरखास्त मागिएको छ । धेरे कोटा बढुवाबाट पदपुर्ति हुने खालका छन् भने खुलामा थौरैमात्रै सिट छन्। आयोगले बुधबार खुलाएको विज्ञापनमा परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्ने म्याद दिएको छ। अनलाइनबाटै आवेदन दिन सकिने आयोगले जनाएको छ। दरखास्त दस्तुर राप पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राप द्वीतीय श्रेणी, नवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्नेछ । परीक्षा भने मंसिरदेखि सुरू हुनेछन्।
२०७७ कात्तिक १८ गतेसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने आयोगले जनाएको छ । तर, स्थायी निजामति कर्मचारीका हकमा भने उमेरहद लागू छैन । केहीदिन अघि आयोगले हालै ‘संक्रमणको विषेश अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ ल्याएको छ। उक्त मापदण्डमा कोरोना संक्रमणकै अवस्थामा उम्मेद्वार परीक्षार्थी परीक्षामा सहभागी हुन नपाउने ब्यवस्था गरेपछि आलोचना भइरहेको छ ।
कोरोना महामारीमा सुरु भएपछि लोक सेवा आयोगले सुरुमा बिज्ञापन गरिएका परिक्षा समेत स्थगित गरेको थियो । ती परिक्षाको कार्यतालिका समेत सार्वजनिक गरेपछि अन्य बिज्ञापन खुलाउन थालेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बुधबार खुलाएको विज्ञापन, #लोक सेवा आयोग, #सहसचिव तथा उपसचिव
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्