कोरोना बढ्दै गर्दा गाडीमा पुरै सिट यात्रु राख्न दिने सरकारको निर्णय
काठमाडौं । काठमाडौं उपत्यका लगायत शहर केन्द्रीत कोरोना भाइरस फैलिइरहेको छ । तर, सरकारले सार्वजनिक सवारी साधनमा पुरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दसैंमा यात्रुले दुःख पाउने भन्दै सवारी साधनलाई यात्रु हाल्न दिने निर्णय गरेको हो ।
सरकारले मंगलबारदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरिएको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक यातायातले पुरानै भाडा लिनुपर्ने छ ।
अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने दोब्बर लिदैँ आएका थिए। पुरै सिटमा यात्रु राखे पनि कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ । यस्तै, बैठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना सङ्क्रमण, #सार्वजनिक सवारी साधन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्