प्राकृतिक प्रकोपले ५ महिनामा ३७४ को मृत्यु,जोखिम वस्ती सुरक्षित गर्न संसदिय समितिको निर्देशन
काठमाडौं । प्राकृतिक प्रकोप बाढी, पहिरो र चट्याङका कारण नेपालमा बैशाखयता ४९ जिल्लाका ३ सय ७४ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार प्राकृतिक प्रकोपमा परेर एक सयभन्दा बढी बेपत्ता भएका छन् । २०७७ वैशाखयता प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले बाढीका कारण हुने क्षति विगतका वर्षभन्दा कम भएपनि पहिरोका कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जानकारी दिए । पछिल्लो पाँच महिनामा पहिरोबाट २७१ ज्नाले ज्यान गुमाउँदा ६२ जना पहिरोमा परेर बेपत्ता भएका छन् । २०६ जना घाइते भएका छन् । । बाढीबाट देशका विभिन्न जिल्लामा ३९ जनाको मृत्यु भएको छ भने ३६ बेपत्ता र १२ जना घाइते छन् ।
चट्याङबाट ६४ जनाको मृत्यु हुँदा २ सय ३ जना घाइते बन्नु परेको छ । बाढी र पहरोमा परेर बेपत्ता भएकाको शव लामो समयसम्म नभेटिदा उनीहरूको मृत्यु भइसकेको हुनसक्ने आँकलन गृह मन्त्रालयले गरेको छ । मनसुनका कारण उत्पन्न भएका प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लाको संख्या ४९ रहेको छ ।
प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको संख्या ४ सय ८२ रहेको तथा विपद् जोखिम व्यवस्थापन कोषबाट निकासा गराएर ५ करोड ६९ लाख राहत रकम तत्काल उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ । ६ महिना भित्र जोखिमका बस्ती सुरक्षित गर्न संसदिय समितिको निर्देशन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई बाढी पहिरोको जोखिममा रहेका बस्तीहरु ६ महिना भित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत वस्तीका रुपमा बसाउन निर्देशन दिएको छ ।
समिति सभापति शशी श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहका सरकार तथा सरोकारवाला निकायबीच समन्वय गरी बाढी पहिरो एवं विपदबाट प्राभवितहरुलाई राहत दिनुपर्ने र भोलि समस्या नदोहोरिनेगरि बस्ती सुरक्षित ठाउँमा सार्न पहल गरिएको जानकारी दिइन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पहिरो, #प्राकृतिक प्रकोप, #बाढी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्