१ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार १७३ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ सहित देशैभर १ हजार ३९ जना संक्रमित थपिएका हुन् । यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७३ जना निको भएका छन् यो सँगै निको हुनेको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन नपाउने बताए ।
आइतबार देशभर सक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७ सय ३० र होम आइसोलेशनमा ७ हजार ३ सय ८७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ८५ जनाको पिसिआर परिक्षण भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण, #सशुल्क परीक्षण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्