नेकपामा अबदेखि प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन,नेपाल असन्तुष्ट
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाएको बुझिएको छ । नेपालले निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारीको मुद्धा उठाउँदै आएपनि प्रतिबेदनमा सो कुरा सम्बोधन नभएपछि बरिष्ठ नेता नेपाल रुष्ट भएका हुन् । कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको बस्ने ठाउँ परिवर्तन भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा दाहाललाई यसअघि छेउमा राखिने गरिन्थ्यो । यसको अर्थ दाहाललाई पार्टीको कार्यकारी अधिकारी प्रदान गरिएको भन्ने बुझ्न सकिन्छ ।
दाहाललाई खुशी बनाउन सफल भए पनि अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई भने वेवास्ता गरेका छन् । नेपाल पक्षधर नेताहरुले कसैको स्वार्थमा नभै सबै पक्षको सम्मानसहित सहमति गर्नुपर्ने अडान लिएका छन् । स्थायी कमिटि बैठकमा नेपालले फरक मत राखेपनि नेकपाका नेताहरु भने नेकपामा गुट उपगुटभन्दा पनि मिलेर जानुको बिकल्प नरहेको नेपाल निकट नेताहरु बताउँछन् । गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।
कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् । कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गरी बैठक स्थगित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । तर, कार्यदल हुँदै अध्यक्षले अन्तिम रुप दिएको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका हुन् ।
विधि र पार्टीभित्र पद्धतिको कुरा उठाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ कार्यकारी अध्यक्ष दाहालले कसरी अधिकार प्रयोग गर्छन् त्यसैअनुसार धारणा बनाउने मनस्थितिमा रहेको बुझिएको छ । नेपाल र श्रेष्ठ पार्टी सञ्चालन अधिकार पाएका दाहालले नेता र कार्यकर्तालाई जिम्मेवारी कसरी बाँडफाँट गर्छन् भन्ने विषयमा पर्ख र हेरको रणनीति बनाएर बसेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल कम्युनिस्ट पार्टी, #स्थायी समिति बैठक
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्