अहिले सम्मकै उच्च संक्रमण: काठमाडौं उपत्यकामा ३७७, देशभर १ हजार १११
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा पनि एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकमा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमा काठमाडौंमा मात्रै २ सय ७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या भने बढिरहेको छ । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५ सय ६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ । बुधबार पनि उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, एकैदिन कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, काठमाडौँका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना भाइरस संक्रमणदर
ताजा खबर
- १धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- २तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ३राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ४रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल
- ५राष्ट्रपति पौडेलको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ



तपाईको कमेन्ट लेख्नुहोस्