चितवनमा बिहानै थपिए २० कोरोना संक्रमित
काठमाडौं । चितवनमा आज थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको स्वाब सकंलन केन्द्रमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुरका छन् । भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१ वर्षीय पुरुष, भरतपुर–५ का २२ र ३३ वर्षीया दुई महिला, भरतपुर–९ का ४३ वर्षीया पुरुष, भरतपुर–१० की २३ वर्षीया महिला, भरतपुर–११ का ३५ र ५२ वर्षीय दुई पुरुष, भरतपुर–१५ का २० वर्षीय पुरुष, भरतपुर–१६ का २० वर्षीया महिला, भरतपुर–२८ का ६२ वर्षीय पुरुष र खैरहनी–१२ को ३० वर्षीया महिला रहेका छन् ।
यसैगरी मकवानपुरको हेटौंडा–४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट–२ का ३८ वर्षीया महिला, ४२ वर्षीष पुरुष र कावासोती–१४ का २२ वर्षीया महिला गरी तीन जना, बारा कलैया–४ का ६५ वर्षीय पुरुष र गोरखा–१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा कुल १२० वटा नमुनाको परीक्षण गरिएकोमा २० जनाको रिपोर्ट पोजेटिभ आएको हो।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्