एकैदिन उपत्यकामा २१६, देशभर ६३४ कोरोना संक्रमित थपिए, ९ जनाको ज्यान गयो
काठमाडौं । नेपालमा एकैदिन ६ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९ सय १६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
एकै दिन कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #कोरोनाभाइरस संक्रमित, #सक्रिय संक्रमित
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्