नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको हो । उनको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । संक्रमित युवा पछिल्लो तीन वर्ष देखि किड्नीको समस्याबाट पनि ग्रसित भएको बताइएको छ ।
मृतक युवाको शव सिरहा ल्याएर दाहसंस्कार गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव नेपाली सेनाले व्यस्थापन गर्दै आएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ हजार ७ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् । ६ हजार २ सय ९६ जना आइसोलेशनमा तथा ९ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस, #थप एक जनाको मृत्यु, #मृत्यु हुनेको संख्या ६६
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्