ह्वात्तै बढ्यो कोरोना भाइरस संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ५३ जना भेटिए
काठमाडौं । लकडाउन खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । करिव दुई सातासम्म २ सय ननाघेको कोरोना संक्रमण मंगलबार भने ३ सय ११ जनामा देखिएको हो । उपत्यकामा मात्र ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको हेडक्वाटरमा मात्रै १४ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकामा मात्र ५३.जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्च भएका छन् । यो संगै डिस्चार्च हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
देशका विभिन्न अस्पतालमा ५ हजार १ सय २९ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । देशभरका २७ वटा प्रगोशालाबाट पछिल्लो २४ घण्टामा ५ हजार ३२ वटा परिक्षण सम्पन्न भएको छ । २ वटा जिल्लाहरु रौतहट, कैलालीमा ५सय भन्दा बढी संक्रमित रहेका छन । ५ वटा जिल्लाहरु संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणको जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौ उपत्यका छिर्ने ३ वटा नाकाबाट नमुना परिक्षणको लागि नमुना कलेक्सन भैरहेको जनाएको छ । र्फपिङ नाकाबाट ९ सय ५५, थाङकोट नागढुंगा नाकाबाट २ हजार ९ सय १४ सागा नाकाबाट ९ सय ४४ गरि ४ हजार ८ सय १३ जनाको आरडिटि परिक्षणको लागि नमुना लिइएको छ । अहिलेसम्म कूल ६ लाख ६४ हजार ७ सय ९ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये ३ लाख ५२ हजार ३ सय ७ वटा पिसिआर र ३ लाख १२ हजार ४ सय २ वटा आरडिटी परिक्षण सम्पन्न भएको छ । अहिले देशभरका २७ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहेको छ । अहिले देशभरका क्वारेन्टिनमा १५ ३ सय ३१ जना रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्