एसिड प्रहार गर्ने ब्यक्तीको बयान, साहुले हान्न लगाउनुभएको हो
काठमाडौं । काठमाडौँको सीतापाइलामा एक युवतीमाथि एसिड आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो । राति ११ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ सीतापाइलामा एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनलाई एसिड प्रहार भएको हो । उनी आफन्तसँग बस्दै आएकी थिइन । पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।
यस्तै, पक्राउ परेका भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एसिड आक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्