हरिसिद्धिबासीको आन्दोलनः कोरोनाभन्दा हिलो खाएर मरिने भयो
ललितपुर । जिल्लाको हरिसिद्धमा सडक नबनेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । ‘गुमज महिला समूह’को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले सोमबार गुमज चोकमा बाटो अवरुद्ध गरी नाराबाजी गरेका हुन् । लामो समयसम्म पनि सडक पिच गर्न कसैले ध्यान नदिएपछि उनीहरूले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायतका प्ले कार्डसहित नारा लगाएका थिए ।

गुमज चोकबाट दुई घण्टा एम्बुलेन्स बाहेक अन्य सवारी साधानमा आवात जावतमा समेत रोक लगाइएको थियो । ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिएको भन्दै स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उक्त सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलो उडेर हैरान भएको स्थानीयको भनाई । सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको चेतावनी छ ।
लामो समयसम्म विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरीसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । महानगरपालिकाको एउटा वडा र नगरपालिकाका दुवै वडाका अध्यक्षले आवश्यक समन्वय गरिरहेको बताएपनि सडक अझै बन्ने सुरसार छैन् । टौखेलबाट गोदावरी सडकमा भने निर्माण भइरहेको छ । स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेपछि सडक विस्तार रोकिएको छ । सडक मापदण्डभित्र पर्ने १ सय २० घर सर्वोच्च अदालतको निर्णयका कारण भत्काउन कठिनाई परेको छ ।
सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सीएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिएको छ । ठेक्का अवधि गत कात्तिकमा सकिएपनि काठमाडौँ उपत्यकाका अरु सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण हो ।
सरकारले चार वर्ष पहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार शुरु गरेको थियो । तीमध्ये अहिलेसम्म कुनै पनि सम्पन्न भइसकेका छैनन् । पहिले घरको मात्रै मुआब्जा माग गरेकामा अहिले स्थानीयवासीले जग्गाको समेत मुआब्जा मागेर निर्माणको काम अघि बढ्न नसकेको हो । स्थानीयको भनाई मुआब्जा दिन नसके अहिले भएको सडकखण्डमा मात्रै भएपनि पिच गर्नुपर्ने बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #हरिसिद्धिबासीको आन्दोलन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्