कोरोना जित्ने उत्तम उपाय औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्यः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको पुनः दोहोर्याएका छन् । छैटौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार जारी गरिएको शुभकामनामा प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने दोहोर्याएका हुन् । उनले समृद्ध नेपाल सुखी नेपाली सरकारको राष्ट्रिय आकांक्षा रहेकाले त्यो पूरा गर्ने आधारका रूपमा शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान समेत गरेका छन् । सन् २०१५ बाट संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ । तनाव, अवसाद, द्वेष, ईष्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले कोरोनालाई जित्न सकिने प्रधानमन्त्री ओलीको भनाई छ । सन्देशमा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्