हल्लै–हल्लामा काठमाडौं उपत्यकामा खुकुलो बन्यो लकडाउन, भिडियो र फोटोसहित
काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै काठमाडौं उपत्यकामा चहल–पहल ह्वात्तै बढेको छ । सडकमा नीजि तथा सरकारी सवारी साधन चापमा गुडिरहेका छन् भने चोक–चोकमा जाम देखिन्छ । दैनिक उपभोग्य सामग्रीका पसल मात्रै होइन फेन्सी तथा कस्मेटिक तथा हार्डवयरका पसलहरु पनि खुलेका छन् । तर, सरकारको आधिकारिक निर्णय नआएको भन्दै चोक–चोकमा सुरक्षाकर्मीले सवारी साधन रोकेपछि बादविवाद भएको थियो ।
पास विना सवारी साधन सञ्चालन गरेको भन्दै सुरक्षाकर्मीले सवारी साधन रोकेपछि सुन्धारा रत्नपार्क सडक अन्र्तगत बीरअस्पताल छेउमै सुरक्षाकर्मी र सर्वसाधारणबीच चर्काचर्की नै परेको थियो । सरकारले अहिलेसम्म लकडाउन खुकुलो बनाउने योजना सार्वजनिक गरेको छैन् । तर, सर्वसाधारण लकडाउन खुकुलो भयो भन्दै सडकमा निष्किएपछि सुरक्षाकर्मीलाई समाल्न नै गाह्रो परेको छ ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको थियो । त्यो निर्णय सुरक्षाकर्मीसम्म नपुग्दै बजारमा चहल–पहल बाक्लो देखिन्थ्यो । कतिपय ब्यवसायी त आफनो छेउछाउमा पसल धमाधम खुलेको थाहा पाएपछि आफूपनि पसल खोल्न ८० दिनपछि आएको बताउँदै थिए । काठमाडौं उपत्यकामा चहल–पहल बाक्लिएको छ ।
८० दिनसम्म लकडाउनमा घरभित्रै बसेका सर्वसाधारण तथा ब्यवसायीहरु बाहिरिएपछि चहल–पहल बाक्लिएको हो । तर, चलेका नीजि सवारी साधन हुन् या खुलेका ब्यवसाय कोरोनाबाट बच्न सर्तकता अपनाएको भने देखिएन ।
बिहीबार बिहानैदेखि काठमाडौंका सडक पेटीका पसलहरु समेत खुल्न थालेका छन् । देशका बिभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या घट्नुको सट्टा दैनिक बढिरहेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी फेरिनु सकरात्मक कुरा हो । तर, सडक तथा पसलहरुमा न त भौतिक दुरी कायम भएको देखिन्छ न त स्वास्थ्य सकर्तकताका लागि कुनै उपाय नै अबलम्बन गरिएको देखिन्छ । जसका कारण कतै काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढ्ने त होइन भन्ने त्रास फैलाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यकामा खुकुलो
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्