स्याङजाका कोरोना संक्रमितको पोखरामा मृत्यु
काठमाडौं । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो ।

जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए । उनीलाई स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #संक्रमितको पोखरामा मृत्यु
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्