काठमाडौंमा पनि थपिदैं कोरोना संक्रमित, संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं १ जेठ । थप सर्तकता नअपनाउँदा काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिन थालेका छन् । काठमाडौँको चन्द्रागिरीका ३२ वर्षे पुरुषमा कोरोना संक्रमित भएको छ । बुधबार पनि एक काठमाडौं र भक्तपुरमा एक जना कोरोना संक्रमित भेटिएका थिए । बिहिबार बिहानै थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २४५ पुगेको छ। मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार काठमाडौँ एक जना र कपिलवस्तुकी ६ वर्षकी बालिकामा जनामा कोरोना पोजेटिभ देखिएको हो । दुवै जनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्