बालुवाटारमा बोलाइयो सर्वदलीय बैठक
 
	
				
			काठमाडौं ३१ बैशाख । नेपाल–भारत सीमा विवाद चर्किएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। बुधबार बैठक चार बजेका लागि डाकिएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । बैठकमा सीमा समस्यासँगै कोरोना भाइरसले उत्पन्न गराएको संकट र त्यसको समाधानबारे पनि छलफल हुने बताइएको छ । गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा सामेल दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए। पाँच दिन अघि भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयलाई लिएर तिब्र बिरोध भइरहेका बेला ओलीले त्यसबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बोलाएका हुन्। परराष्ट्र मन्त्रालयले सोमबार उक्त भूमि नेपालको भएको भन्दै सडक निर्माण कार्य तत्कालै स्थगित गरी वार्तालाई निरन्तरता दिन नेपालस्थित भारतीय राजदूत विजयमोहन क्वात्रालाई भेट गरी क्वात्रामार्फत भारतलाई कुटनीतिक नोट समेत पठाएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सर्वदलीय बैठक
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्