कपिलबस्तुमा १० जना कोरोना संक्रमति भेटिए, सीमा नाकामा कडाई नगर्दा जोखिम बढ्दै
काठमाडौं २९ बैशाख । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । कपिलवस्तुको क्यारेन्टाइनमा रहेका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। १ सय ३४ जनाको स्वाब परिक्षण गरिएकोमा ९९ जनाको रिपोर्ट आउँदा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतको महाराष्ट मुम्बईबाट १० दिनअघि उनीहरु आएको बताइएको छ । उनीहरु यशोधारा ५ र बुद्धभूमि ७ र १० नम्बर वडाका स्थानीय हुन् । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ । बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर ५ मा ४० जना फेला परेका छन् । बाँकेमा २४ जना र उपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सोमबार १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । नेपाल भारतको सीमा नाका कडाई गर्न नसक्दा नेपालमा कोरोना संक्रमति थपिदै गएका छन् । कपिलबस्तुमा अझै कोरोना संक्रमितहरुको संख्या बढ्न सक्ने स्वाथ्यकर्मीहरुले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या १२० पुग्यो
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्