नेपालमा थप दुई जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौं १४ बैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जमा महानगरपालिका ३ र १६ का ५० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित भेटिएको हो । अर्का भने संक्रमित घुसुकपुरका पुरुष हुन् । उनलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । दुबैलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।यी दुई संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । बीरगञ्जमै उपचार गराइरहेका ४ जना भने निको भएर घर फर्किएका छन् ।

क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #थप दुई जनामा कोरोना
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्